काठमाडौँ, असोज १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गर्नुभएको छ । फुमिओ सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
कमेन्ट गर्नुहोस्