काठमाडौं, असोज ११ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सोमबारको स्थायी कमिटी बैठकले एमाले नेता सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल तोकेको छ ।
सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधानका लागि नेता रावल, लेखराज भट्ट र पछिल्लो समय शंकर पोखरेललगायतको छ जनाको समिति गठन भएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयोजकमा रावललाई तोक्नुभएको नेम्वाङ बताउनुहुन्छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा सोमबार विहानदेखि बसेको बैठकमा दस बुँदे कार्यान्वयनका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
विधान महाधिवेशनका लागि एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनहरुमाथि नेताहरुले सुझाव राख्नुभएको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्