Tuesday, October 19 2021
ट्रेन्डिङ ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

बढ्यो विद्युतीय भुक्तानीको सीमा

बढ्यो विद्युतीय भुक्तानीको सीमा

काठमाडौँ, भदौ ३१ गते । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैङ्कले पछिल्लो पटक भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका २०७८ जारी गर्दै विद्युतीय भुक्तानीका सीमा केही बढाउनुका साथै शुल्कमा समेत संशोधन गरेको छ । एकीकृत निर्देशिकाअनुसार पिप्रेड कार्डबाट प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक अधिकतम एक लाख मात्र र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्नसक्ने राष्ट्र बैङ्कले जनाएको छ । सेवा प्रदायकले नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी (एनएफसी) कन्ट्याक्टलेस कार्डमार्फ प्रतिकारोबार अधिकतम पाँच हजार रुपियाँसम्मको कारोबार गर्नसक्ने पनि निर्देशिकामा उल्लेख छ ।

क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भएपछि ग्राहकलाई अत्यावश्यक पर्दा स्वीकृत सीमा रकमको १० प्रतिशतसम्मको नगद झिक्ने भने सक्ने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ । निर्देशिकामा मोबाइल बैङ्किङबाट पनि प्रतिदिन दुई लाख रुपियाँसम्म र इन्टरनेट बैङ्किङबाट २० लाख रुपियाँसम्म भुक्तानी गर्नसक्ने उल्लेख छ तर कुनै व्यक्तिको एउटै संस्थामा रहेको एउटा खाताबाट अर्को खातामा रकम रकमान्तर गर्न, भुक्तान गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क, विद्युुत्, दूरसञ्चार, खानेपानी, बीमा, सामाजिक सुरक्षाभत्ता भुक्तान, विभिन्न किसिमका व्यावसायिक कारोबारको भुक्तानमा भने यस्तो सीमा नलाग्ने निर्देशिकाले स्पष्ट पारेको छ ।

 वालेटमा ५० हजारभन्दा बढी राख्न पाइँदैन 
विद्युतीय वालेट माध्यमबाट गरिने रकमान्तरमा पनि सीमा तोकिएको छ । निर्देशिकाअनुसार बैङ्क खाताबाट वालेटमा र वालेटबाट बैङ्क खातामा रकमान्तर गर्दा प्रतिकारोबार ५० हजार, प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपियाँसम्मको सीमा तोकिएको छ । एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा भने प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना पाँच लाख रुपियाँसम्म गर्न पाउने व्यवस्था 
गरिएको छ । 
राष्ट्र बैङ्कले वालेटमा ५० हजारभन्दा बढी मौज्दात राख्न नपाइने जनाएको छ । सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रूपमा ग्राहकले सम्बन्धित बैङ्क खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने छ । व्यक्तिले वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्नसक्ने पनि निर्देशिकाले स्पष्ट पारेको छ ।

 आन्तरिक विप्रेषण एक लाखसम्म मात्र 
निर्देशिकाअनुसार एजेन्ट वा सबएजेन्टले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रतिव्यक्ति प्रतिकारोबार प्रतिदिन एक लाख रुपियाँसम्मको मात्र कारोबार गर्न पाउने सीमा तोकिदिएको छ । 
बैङ्क तथा वित्तीय संस्थाले ग्राहकको पूर्वअनुमतिबिना र सेवा शुल्कसम्बन्धी पूर्वजानकारी नगराई कुनै पनि सेवा शुल्क लिन पाउने छैनन् । पछिल्लो समय कतिपय बैङ्कले ग्राहकले माग नै नगरेको सेवाको पनि बिनाजानकारी सेवा शुल्क आफैँ ग्राहकको खाताबाट कटाउँदै आएको गुनासो बढेको थियो । 
एउटा बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई कारोबारसम्म निःशुल्क र दुईभन्दा बढी कारोबारको हकमा बैङ्क तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपियाँसम्म शुल्क लिन पाउने 
उल्लेख छ तर डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टबाट प्वाइन्ट अफ सेल र प्लाइन्ट अफ ट्रान्जेक्सनमार्फत गरिएको कारोबारमा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन । 

कमेन्ट गर्नुहोस्