काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकताको बिगुल रहेको बताएका हुन् । उनले भनेका छन्,‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’
यसअघि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको किचलो नझिक्न आग्रह गरेका थिए । बागमती प्रदेश अधिवेशन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपाललाई मिलाउन १० बुँदे सहमति गरिएको भन्दै योग्यता अनुसार काम गर्न आग्रह गरेका थिए। ।
कमेन्ट गर्नुहोस्