नयाँ दिल्ली : भारतमा लामो समयपछि एकै दिन १ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ लाख ९३ हजार ७४९ स्वाब नमुना परीक्षण गर्दा १ लाख ३ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।
गत २४ घण्टामा ४७८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ६५ हजार १०१ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा निको हुनेको संख्या ५२ हजार ८४७ रहेको छ । हालसम्म भारतमा १ करोड १६ लाख ८२ हजार १३६ जना कोरोनामुक्त भइसकेका छन् । हाल ७ लाख ४१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय भारतलगायत अधिकांश मुलुकमा कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । भारतमा हालसम्म ७ करोड ९१ लाख ५ हजार १६३ जनाले खोप लगाइसकेका छन् ।
तैपनि कोरोनाको नयाँ प्रकार तथा लापरबाहीका कारण संक्रमण पुनः तीव्र बनेको अधिकारीहरूले बताएका छन् । संक्रमण तीव्र फैलिएपछि महाराष्ट्र प्रान्तले कर्फ्यूसहित लकडाउनको घोषणा गरेको छ ।
कमेन्ट गर्नुहोस्