पेरिस — डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख मंगलबार युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बायर्नले अन्तिम आठको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले हराए पनि उसको चुनौती समाप्त भएको हो ।
पीएसजी भने ‘अवे गोल’ का आधारमा सेमिफाइनल पुग्न सफल रह्यो । दुई लेगको खेल समग्रमा ३–३ को बराबरीमा रह्यो । बायर्नका लागि दोस्रो लेगमा एरिक म्याक्सिमले गोल गरे ।
यो खेल गत वर्षको फाइनलको पुनरावृत्ति पनि थियो । पीएसजीले त्यति बेला बेहोरेको हारको बदला यसपल्ट लिएको छ ।
अर्को खेलमा चेल्सी पोर्टोसँग १–० ले पराजित भए पनि समग्रमा २–१ ले अगाडि रहेर सेमिफाइनल पुग्न सफल रह्यो । पोर्टोको जितमा मेहदी तारेमीले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । चेल्सीका लागि पहिलो लेगमा प्राप्त दुई गोलको जित नै सेमिफाइनल पुग्ने आधार बन्यो ।
कमेन्ट गर्नुहोस्