Friday, July 30 2021
ट्रेन्डिङ सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ । उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा समेत नयाँ वर्षलाई लिइने चर्चा गर्नुहुँदै राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले २०७७ उपलब्धिपूर्ण वर्ष रहेको बताउनुभएको छ । 
उहाँले नेपालको नयाँ राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि नेपालको संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलबीच एकता कायम हुनुलाई राजनीतिक उपलब्धि भएको सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्न सम्पूर्ण देशवासीमा आह्वान गर्नुभएको छ । 
यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै २०७७ साल प्राणघातक कोरोना भाइरसबाट आक्रान्त भएकाले नयाँ वर्षले यसबाट विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्