म्याड्रिड — बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे ।
खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।
क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।
कमेन्ट गर्नुहोस्