काठमाडौँ — क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड' ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको छ । चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास बनाएकी छिन् ।
क्याथरिन बिगोलोपछि ओस्कार जित्ने उनी दोस्रो महिला निर्देशक हुन् । यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा 'द फादर'बाट एन्थोनी होप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले । यजङ उङले 'मिनारी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको 'एनोदर राउन्ड' अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।
कमेन्ट गर्नुहोस्