काठमाडौं, बैशाख १४ गते । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तगर्त गए राति सम्पन्न खेलमा कलकत्ताले पञ्जाबलाई पाँच विकेटले हराएको छ । पञ्जाबले प्रस्तुत गरेको १२४ रनको लक्ष्य कलकत्ताले खेल सकिन २० बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पुरा गरेको हो ।
कलकत्ताको जितमा कप्तान इयन मोर्गनले अविजित रहँदै सर्बाधिक ४७ रनको योगदान दिनुभयो । राहुल त्रिपाठीले ४१ रन बनाउनुभयो । दिनेश कात्तिक १२ रन बनाएर अविजित रहनुभयो ।
पञ्जाबका लागि मोइजेज हेनरीक्स, मोहम्मद सामी, अरशदीप सिंह र दीपक हुडाले सामान एक एक विकेट लिए ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पञ्जाबले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतिमा १२३ रनको सामान्य योगफल तयार गर्यो । पञ्जाबका लागि ओपनर के एल राहुलले १९ तथा मयन्क अग्रवालले ३१ रनको पारी खेले । निकोलास पूरनले १९ तथा क्रिस जोर्डनले ३० रन बनाए ।
कलकत्ताको बलिङमा प्याट क्युमिन्स र सुनिल नारैनले सामान दुई दुई तथा प्रसिद्ध कृष्णले तीन तथा बरुण चक्रवर्ती र शिवम माभीले सामान एक एक विकेट लिए ।
प्रतियोगिता अन्तगर्तको २२ औं खेलमा आज बैंगलोरले देल्हीको सामना गर्दैछ ।
कमेन्ट गर्नुहोस्