म्याड्रिड — चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा रियल म्याड्रिडसँग मंगलबार उसकै घरमा १–१ को बराबरी खेलेको छ ।
बराबरीमा रोकिए पनि चेल्सीले निर्णायक हुन सक्ने ‘अवे गोल’ निकाल्न सफल रह्यो । थोमस टुचेलको टिम पहिलो लेगमा प्रभावशाली रहे पनि त्यसको पूर्ण फाइदा लिन भने असफल रह्यो ।
चेल्सीले केही राम्रा अवसरमा गोल गर्न सकेन् । अब एक साताको समयमा चेल्सीले आफ्नो घरमा दोस्रो लेग खेल्नेछ र फाइनल प्रवेशका लागि प्रयास गर्नेछ र उसले रियललाई कमजोर लिन सक्ने छैन् । दोस्रो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन् ।
चेल्सीले रियलविरुद्ध क्रिस्टियन पुलिसिचको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो । रियलका तर्फबाट करिच बेन्जेमाले २९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । यसका लागि उनले एक्रोब्याटिक भली प्रहार गरेका थिए । फ्रान्सेली खेलाडी बेन्जेमाको यो च्याम्पियन्स लिगमा ७१ औं गोल हो ।
कमेन्ट गर्नुहोस्