काठमाडौँ, बैशाख १६ गते । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै गाडीको चाप पनि कम भएको छ । अहिले थानकोट, कलंकीलगायत उपत्यकाको प्रमुख नाकामा सवारीको चाप कम भएको हो । निषेधाज्ञामा अटेर गरी सवारी चालउन उपत्यकाभरि मोटरसाइकल लगायत १५ सयभन्दा बढी गाडी होल्ड रहेको ट्राफिक प्रहरी प्रवक्ता (एसएसपी) श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यकामा प्रवेश गर्न दिएका छौँ भने अत्यवाश्यक खाद्यन्नलगायत ट्रक, टिपर रातीको समयमा चल्नेछ अब उपत्यका प्रवेश गर्न बढी जसो मालबाहाक ट्रक बाँकी रहेको छ ।” निषेधाज्ञा पालना गराउन प्रत्येक चोकमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।
निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा विहानको समयमा गाडीको चाप बढी रहेकाले गाडीको पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको प्रवक्ता अधिकारीको भनाई छ ।
उहाँका अनुसार उपत्यका भित्रिने र बाहिरीनेको संख्या अब छैन । आवतजावात पूर्णरुपमा बन्द रहेको छ । धादिङको धार्के नजिक गाडी बिग्रिएकाले विहान सडक जाम भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्