Tuesday, May 11 2021

कोभिडविरुद्धको लडाइँमा स्वयंसेवक भई खटिन पार्टी पंक्तिलाई आह्वान

कोभिडविरुद्धको लडाइँमा स्वयंसेवक भई खटिन पार्टी पंक्तिलाई आह्वान

काठमाडौं, वैशाख १९ गते । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी कमिटी बैठकमा कोभिड–१९ सङ्क्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारहरु, शैय्याहरु, खोप, उपकरण, अक्सिजन तथा अत्यावश्यक औषधिहरुको तत्काल थप प्रबन्धन गर्ने छलफल भएको एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको छ । 
यसका साथै कोभिड–१९ महामारीको यो विषम परिस्थतिमा अन्य तयारीहरु पनि तीव्ररुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ । बैठकले कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयंसेवीकाे रुपमा परिचालित हुन पनि आह्वान गरेको छ ।

 

कमेन्ट गर्नुहोस्