Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

खाद्य र साल्ट ट्रेडिङको सेवा घरदैलोमा

खाद्य र साल्ट ट्रेडिङको सेवा घरदैलोमा

काठमाडौँ, वैशाख २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् । खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र साल्ट ट्रेडिङले आफ्ना छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गरेका हुन् । खाद्य कम्पनी र साल्ट ट्रेडिङले गत वर्षको बन्दाबन्दी र निषेधाज्ञामा जस्तै आफ्ना बिक्री केन्द्रमार्फत सेवा दिएका हुन् ।

खाद्यबाट ग्यास पनि 
खाद्य कम्पनीले सोमबारबाट आफ्ना चारवटा बिक्री केन्द्रबाट ग्यास पनि बिक्री गर्दै छ । बिक्री केन्द्रमा अन्य सामानसँगै ग्यासको माग भएपछि खाद्य कम्पनीले साल्ट ट्रेडिङसँगको सहकार्यमा आफ्ना बिक्री केन्द्रमा ग्यास बिक्री गर्न थालेको हो । 
चामल, कर्णालीको सिमी, घिउ, तेल, पिठो, गेडागुडी, सेनिटाइजरलगायतका सामान बिक्री गर्दै आएको कम्पनीले साल्ट ट्रेडिङसँग मिलेर ग्यास पनि बिक्री गर्न थालेको हो । कम्पनीले थापाथली र नक्खुमा बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म बिक्रीको व्यवस्था गरेको छ भने रामशाह पथ र भक्तपुरको सूर्यविनायकमा बिहान ७ः०० देखि १०ः०० बजेसम्म यी सामान बिक्रीको प्रबन्ध गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । 
उहाँले निषेधाज्ञाको अवधिमा उपत्यकावासी उपभोक्तालाई पर्नसक्ने असुविधालाई ध्यानमा राखेर खाद्य कम्पनीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न आमउपभोक्तालाई आवश्यक पर्ने खाद्यलगायतका सामग्री कम्पनीका बिक्री केन्द्र सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकावासी उपभोक्ताको दैनिक जीवनलाई अझ बढी सहज बनाउन यस कम्पनीले अनलाइनमा अर्डर लिएर पनि उपत्यकाभर निःशुल्क रूपमा उपभोक्ताको घरदैलोमा नै होम डेलिभरी सेवा सञ्चालनमा ल्याएको छ । खाद्य कम्पनीसँग पर्याप्त खाद्यवस्तुको मौज्दात भएकाले आत्तिएर अनावश्यक खाद्यान्न सञ्चित नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

साल्ट ट्रेडिङमा १०ः०० देखि २ः०० बजेसम्म बिक्री
साल्ट ट्रेडिङ कम्पनीले मोबाइल भ्यानमार्फत आफूसँग उपलब्ध भएका खाद्य पदार्थ नुन, चिनी, चामल, तेल, आँटा, दाल तथा गेडागुडी बिक्री गर्दै आएको छ । उपभोक्ताको मागअनुसार साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न स्थानमा मोबाइल भ्यानमार्फत माइकिङ गरेर खाद्य पदार्थको बिक्री वितरण गर्दै आएको छ । 
साल्ट ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले निषेधाज्ञा भएको दिनदेखि बिहान १०ः०० देखि २ः०० बजेसम्म साल्ट ट्रेडिङका छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत उपभोक्तालाई सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार साल्ट ट्रेडिङका भ्यानले उपभोक्ताको मागका आधारमा काठमाडौँ उपत्यकाका जुनसुकै स्थानमा गएर खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ । 
साल्ट ट्रेडिङका अनुसार घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, भक्तपुर र बनेपा गरी छ स्थानमा रहेका बिक्री केन्द्रबाट खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । उपमहानिर्देशक राजभण्डारीले निषेधाज्ञाको समयमा हुने चर्को मूल्य वृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइरहेको जानकारी दिनुभयो । 
साल्ट ट्रेडिङले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बिक्री काउन्टर खुला गरेको र अन्य समयको जस्तो निषेधाज्ञाको समयमा धेरै सेवाग्राहीको भीड नभएको, सेवाग्राहीलाई दुई मिटरको दूरीमा राखेर खाद्य पदार्थको बिक्री वितरण गर्ने गरेको जनाइएको छ । 
उहाँले भन्नुभयो, “गत वर्षको बन्दाबन्दीमा सबै क्षेत्र बन्द थिए तर यसपालिको निषेधाज्ञामा सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै बिहान ९ः०० बजेसम्म पसल सञ्चालन गर्न दिँदा साल्ट ट्रेडिङमा सेवाग्राहीको भीड छ । ”

कमेन्ट गर्नुहोस्