काठमाडौं, वैशाख २७ गते । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताउनुभएको छ । सोमबार बिहान असन्तुष्ट एमाले नेता माधव कुमार नेता पक्षका सांसदहरु बैठक बसिरहेको अवस्थामा पार्टी अध्यक्ष ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा सबै सांसदहरुलाई उहाँले सामाजिक सञ्जाल ट्वीट मार्फत ध्यानकार्षण गराउनुभएको हो ।
कमेन्ट गर्नुहोस्