काठमाडौं, बैशाख २८ गते । विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिईएको छ । केहि देशहरू जस्तै ईजरायल, युएई, र बहराईनले आफ्ना केही जनतालाई द्रूत गतिमा कोरोनाको खोप दिएका छन् । अरु अमेरीका र क्यानडाले पनि दिन सकिरहेका छैनन् ।
खोप दिन ढिलाईसँगै खोपका अभाव सिर्जना हुन थालेको छ यसले गर्दा पहिलो खोप लगाएका मानिस पनि दोस्रो खोप लगाउनका सिफारिस गरिएको तीनदेखि चार हप्ता भन्दा बढी समय कुर्नु पर्ने अबस्था आएको छ ।
“पहिलो खोप लगाएकालाई दोस्रो डोज लगाउन भएको यो ढिलाईले कुनै पनि भयावह अबस्था भने नआउने र यसले कुनै समस्या नहुने न्यू योर्क युनिभर्सिटिका माईक्रोबायोलोजिस्ट तथा इम्युनोलोजिस्ट डेभिड टोपहमले बताउनु भएको छ ।
फाईजरले गरेको क्लिनिकल ट्रायलमा सहभागिले २१ दिनपछि दास्रो डोज लगाए भने मोडेरेनाको खोपको परीक्षणमा सहभागिहरुले २८ दिनपछि खोप लगाएका थिए र सोही आधारमा अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले तुरुन्तै ति खोप लगाउन अख्तियारी प्रदान गरेको थियो । यो तोकिएको समयको अन्तराल परीक्षणका क्रममा प्राप्त तथ्याङ्कमा आधारित थिए ।
एफडिएले पनि स्वीकार गरेको छ कि केहि लामो समय पछि दोस्रो डोज लगाउँदा खासै कुनै असर पर्दैन साथै अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले तोकिएको भन्दा चार दिन अगावै वा खोप लगाएको ४२ दिनपछि सम्म पनि लगाउन सकिने बताएको छ ।” कति समयको फरकमा खोप दिँदा प्रभावकारी हुन्छ भन्ने कुरा कुनै पनि संस्थाले एकिन गर्न सकेका छैनन् ।
किन खोपको दुईवटै डोज लिनु आवश्यक छ ?
अहिले बजारमा उपलब्ध प्राय सबै कोभिड १९ का खोपहरूको दोस्रो मात्रा पनि दिईन्छ किनभने पहिलो मात्राले रोगसँग लड्ने क्षमताका लागि शक्ति बिकास गरीरहेको हुन्छ । तिनिहरूलाई तयार हुन केहि हप्ता लाग्दछ ,र केहि हप्तापछि एन्टिबडी तयार भएर काम गर्न लागिसकेको हुन्छ । त्यसैले कोरोना विरुद्धको पहिलो खोपलाई प्राइमिङ डोज भनिन्छ ।
दोस्रो चरणको खोपमा खोपको मात्रा बढाईन्छ । किनभने त्यतिखेर प्रतिरोधात्मक कोषहरु पहिल्यै परिचित भैसकेका हुन्छन् र जोखिमसँग लड्नको लागि अभ्यस्त भइ सकेको हुन्छन् यो डोजले कोभिडका भाइरसबाट जोगाउन एन्टिबडीलाई थप तिर्खान सहयोग गर्छ ।
जुन कोषले एन्टिबडी तयार पार्छ त्यसलाई ‘बी सेल्स’ भनिन्छ । त्यसले पहिलो र दोस्रो खोपको बीचको अवधिमा निकै धेरै बोझ बेहोर्नु परेका कारण तिनीहरुले उत्पादन गरेका एन्टिबढीहरू त्यतिको बलिया भएको हुँदैनन् । यदि बी सेल्ससँग पहिलो मात्रा र दोस्रो मात्राको बीचमा धेरैै समय भएन भने उनीहरुले तयार गर्ने रोगसँग लड्ने क्षमता कवज बलियो बन्न सक्दैन ।
त्यसैले ६ हप्तासम्म्म पनि दोस्रो मात्रा दिन सकिन्छ । यद्यपि पहिलो खोपले केहि सुरक्षा भने प्रदान गर्दछ ।
कमेन्ट गर्नुहोस्