काठमाडौं : नेकपा (एमाले) नेता घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए।
उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।’
भुसालले झलनाथ–माधवलाईगाली गरेर नेकपा एमालेलाई विभाजित गरिन लागेको तर्क गरेका छन्। उनले भने,‘हिजो प्रचण्डलाईगाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाईगाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’
उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा विवाद भएको बताउँदै आत्मसर्पण क्रान्तिप्रति गद्दारी भएको प्रतिक्रिया दिएका छन्। भुसालले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’
माधवकुमार नेपाल समूहले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताउँदै आएको छ। सोमबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत दिने क्रममा माधवसमूहका २८ सांसद उपस्थित भएनन्। उनीहरुले मत नदिदा ओलीको पक्षमा ९३ सांसद्ले मत आएको थियो।
कमेन्ट गर्नुहोस्