मिलान — फेडरिको चिसाको निर्णायक गोलमा युभेन्टसले एटलान्टालाई २–१ ले हराएर बुधबार कोपा इटालिया जितेको छ । युभेन्टसका आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो ।
युभेन्टसले भने कोपा इटालिया जितेको यो १४औं अवसर हो । डेजान कुलुसेभ्स्कीको गोलमा युभेन्टसले अग्रता लिएयता एटलान्टाका लागि रुस्लान मिलानोस्कीले बराबरी गोल फर्काएका थिए ।
फाइनलमा ४ हजार ३ सय दर्शकलाई प्रवेश दिइएको थियो । यो इटालीको फुटबलमा एक वर्षयता समर्थकसहित भएको पहिलो ठूलो खेल रह्यो ।
कमेन्ट गर्नुहोस्