भारतमा दैनिक थपिने संक्रमित दुई लाखभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा दुइ लाख भन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयताको पहिलो पटक हो ।
हालसम् मभारतमा दुइ करोड ६९ लाख २४ हजार ८७४ जनामा कोरोना संक्रमण भइसकेको छ । हाल २५ लाख ८६ हजार ७८२ जनामा भाइरसको संक्रमण सक्रिय छ ।
भारतमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतमा हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार९९९ डोज खोप लगाइएको छ ।
कमेन्ट गर्नुहोस्