काठमाडौं, जेठ ११ गते । मंगलबार नयाँ बानेश्वरको संघीय संसदकाे ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटा र पूर्व सभामुखहरुबीचको छलफल सम्पन्न भएको छ ।
छलफलमा पछिल्लो समय देशमा उत्पन्न भइरहेको राजनीतिक संकटप्रति चिन्ता व्यक्त गरिएको पूर्व सभामुख रामचन्द्र पौडेलले बताउनुभयो । देशमा उत्पन्न राजनीतिक र संवैधानिक संकटहरुलाई सदनबाट समाधान निकाल्न नसक्नु मुख्य समस्या भएको पौडेलले बताउनुभयो ।
पछिल्लो समय राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरिएकोमा वर्तमान अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले संसदको रक्षाका लागि केही पहल चाल्न सक्ने पनि उहाँले बताउनुभएको छ ।
छलफलमा पूर्व सभामुखहरु ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा, दमननाथ ढुंगाना र तारानाथ रानाभाट सहभागी हुनुभएको थियो ।
कमेन्ट गर्नुहोस्