काठमाडौं, जेठ १२ गते । सगरमाथा र ल्होत्से हिमाल आरोहणका क्रममा तेस्रो र चौथो क्याम्पमा भएका आरोहीहरु खराव मौसमका कारण दोस्रो क्याम्प ओर्लिएका छन् । तीन दिनसम्म मौसममा खरावी आउने भए पछि चुचुरो पुग्ने लक्ष लिएर उक्लिएका दुई दर्जन बढी आरोहीहरु दोस्रो क्याम्पमा ओर्लिएर आराम गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि दुई पटक आरोहण सम्पन्न भई सकेका छन् । आरोहणका क्रममा बाटोमा भिड लाग्ने भन्दै क्रमिक रुपमा आरोहणमा जाँनु पर्दा पछिल्लो पटकको आरोहण भने थप कष्टदायी बनेको आरोहीहरुको भनाई छ । आधारशिविरमा लामो समय बस्नु परेको र खाद्यन्न लगायत थप सामाग्री र शारिरिक शक्ति समेत कम्जोर बन्दै गएको आरोही तेम्वा शेर्पाले बताउनुभयो । अव मौसममा सुधार आउनसाथ जेठ १५ भित्रमा आरोहण सम्पन्न गर्ने उहाँले बताउनुभयो । हिमपातसँगै हावा र पानी परेकाले हामी अहिले दोस्रो क्याम्प फर्किएर मौसम सुधारको अपेक्षामा छौ उहाँले भन्नुभयो । यस अघि जेठ ९ गते भने एकै दिन १७५ जना भन्दा बढीले आरोहण गरेका थिए ।
यस अघि पनि ताउ–ते चक्रवातका कारण मौसम खराव भएको थियो भने आरोहीहरुमा आधारशिविरमै कोरोना भाईरस संक्रमण फैलिए पछि आरोहण थप प्रभावित बनेको थियो । ३० जना भन्दा बढी आरोही संक्रमित भएर आरोहण रद्द गरी फर्किएको पर्यटन विभागले जनाएको छ । यता यस वर्ष सगरमाथा आरोहणका लागि सबै भन्दा धेरै ४०८ जनाले आरोहणका लागि अनुमती लिएका थिए । सगरमाथा आरोहण गर्न अझै ६० जना भन्दा बढी बाँकी रहेको एजेन्सीहरुले जनाएको छ ।
कमेन्ट गर्नुहोस्