Thursday, January 15 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

चीनले अनुदानमा दिने भयो थप १० लाख खोप, खरिदका लागि पनि सहजीकरण गरिदिने, भारतका राष्ट्रपतिलाई पनि खोपका लागि पत्राचार कार्यकारी भूमिकामा नरहेकी संवैधानिक राष्ट्रप्रमुख भण्डारीले थालेको खोप कूटनीतिलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ ।

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा सीले नेपाललाई थप १० लाख खोप तत्काल दिने र नेपाललाई चाहिएको अरू खोप खरिद गर्ने सम्बन्धमा आफ्नोतर्फबाट सहजीकरण गरिदिने वचन दिए ।

‘अहिले नेपाली जनताको जीवन बचाउन आवश्यक छ, नेपाललाई खोप अतिआवश्यक छ, खोप खरिदका लागि सहजीकरण गरिदिनुहुन आग्रह गर्छु,’ राष्ट्रपति भण्डारीले सीसँग गरेको आग्रह उद्धृत गर्दै राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले कान्तिपुरसँग भने । त्यसपछि सीले अनुदानमा दिने खोपबाहेक नेपाललाई अरू खोप खरिदमा पनि सहजीकरणदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले खोप खरिदका सम्बन्धमा नेपाली पक्ष र चिनियाँ सरकारी कम्पनी सिनोफार्म सम्पर्कमा रहेको जानकारी दिए । ‘सिनोफार्मका अधिकारीहरूले नेपाललाई उपलब्ध गराउन सक्ने खोपको संख्या, लागत र कति समयमा खोप उपलब्ध गराउन सकिन्छ भन्नेजस्ता विषयमा बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । अब नेपाली दूतावासमार्फत जवाफ आएपछि खरिदको प्रक्रिया के हुन्छ भन्ने थाहा हुन्छ,’ चाङले कान्तिपुरसँग भने । चीनले यसअघि नेपाललाई सिनोफार्मबाटै उत्पादित ८ लाख थान भेरोसेल खोप सहयोगस्वरूप दिएको थियो । उक्त खोप १८ वर्षदेखि ५९ वर्षभित्रका मान्छेले मात्र लगाउन मिल्छ ।

सीसँग संवाद हुनु अघिल्लो दिन मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिनका लागि’ पहल गरिदिन अनुरोध गर्दै पत्राचार गरेकी थिइन् । राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत भारतका राष्ट्रपतिसमक्ष मंगलबारै पत्र पठाएको सञ्चारविज्ञ ढकालले जानकारी दिए । उक्त पत्रका सम्बन्धमा सोध्दा काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले कान्तिपुरलाई प्रतिक्रिया दिए, ‘भारतले राष्ट्रपतिजीको पत्रलाई सकारात्मक रूपमा लिएको छ । आगामी जुनदेखि भारतमा खोपको उत्पादन दोब्बर बनाउने भनिएको छ । उपलब्ध भएपछि जतिसक्दो छिटो खोप नेपाललाई उपलब्ध गराउन चाहन्छौं ।’

शीतल निवास स्रोतका अनुसार भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि टेलिफोन संवाद गरेर खोपका लागि पहल गर्ने तयारी गरेकी छन् । उक्त संवादका लागि समय मिलाउन परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास गरिरहेको स्रोतले जनाएको छ ।

पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढेसँगै २०७७ वैशाख ५ गते राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद भएको थियो । त्यसबेला कोरोना नियन्त्रणका लागि चिनियाँ पक्षले गरेको स्वास्थ्य सामग्री सहयोगलाई लिएर भण्डारीले धन्यवाद दिएकी थिइन् । सीले नेपाललाई कोरोना नियन्त्रणमा सघाउन थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । दुवै मुलुक मिलेर कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्नुपर्ने प्रतिज्ञा पनि उनीहरूले गरेका थिए । उनीहरूबीच २०७६ असोजमा राष्ट्रपति सीले गरेको नेपाल भ्रमणका सन्दर्भमा पनि कुराकानी भएको थियो । ‘बुधबार पनि उक्त भ्रमण र त्यस बेला दुई मुलुकबीच भएका सम्झौताहरूको कार्यान्वयनका बारेमा कुराकानी भयो,’ राष्ट्रपतिका सञ्चारविज्ञ ढकालले भने । दुई राष्ट्रपतिले बुधबार बुद्धजयन्तीको शुभकामना पनि साटासाट गरेका थिए ।

भारतको सिरम इन्स्टिच्युटबाट किनिएको खोपसमेत नआएको सन्दर्भमा चीनबाट खोप ल्याउन जनदबाब बढ्दै गएको थियो । तर स्वास्थ्य सेवा विभागले सिनोफार्मको ठेगाना नै नभेटिएको र पत्राचार हुन नसकेको हास्यास्पद जानकारी दिँदै रहस्यमय ढंगले त्यसमा आलटाल गर्दै आएको थियो । यो पृष्ठभूमिमा सरकार खोपका निम्ति चीनतिरै पहल गर्ने टुंगोमा पुगेको हो । पछिल्लो समय सरकारको चीनसँग दूरी बढेको टिप्पणी भइरहेका बेला भएको यो पहलले फरक सन्देश दिने जानकारहरूको बुझाइ छ ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले करिब दुई साताको गृहकार्यपछि सीसँग भण्डारीको फोन संवाद गराउन सकेको हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चीनबीच पूर्ववत् हार्दिक सम्बन्ध छैन । चिनियाँ पक्षले तत्कालीन नेकपा फुटाउन नहुने र प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाडेर भए पनि नेकपाको एकता जोगाउनुपर्ने भन्ने सुझाव दिएपछि ओली र चीनबीचको सम्बन्धमा चिसोपना आएको भनिन्छ । त्यससँगै ओलीको दक्षिणतिर ढल्किने रणनीतिले ओली–चीन सम्बन्ध सहज भएको देखिँदैन । तर यसबीचमा पनि राष्ट्रपति भण्डारी चिनियाँ पक्षसँग सम्पर्कमै रहेको राजनीतिक वृत्तको बुझाइ छ ।

दुई राष्ट्रपतिबीचको संवाद चीन र ओली सरकारबीच सम्बन्धमा सुधार आएको संकेत हो त ? चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की दुई राष्ट्रपतिबीचको संवादलाई सरकारसँग जोडेर हेर्न नमिल्ने मान्छन् । ‘यो महामारीको बेला हो । नेपाली जनता संकटमा छन् । यस्तो अवस्थामा चीनले नेपाल र नेपाली जनतालाई सहयोग गरेको हो । चीनजस्तो मुलुकले कुन देशमा कुन सरकार छ भन्ने कुरामा ध्यान दिनेभन्दा पनि कसलाई सहयोग गर्ने भन्ने हेर्छ,’ उनले भने, ‘यो संवाद र सहयोग दुई मुलुकबीचको हो । यसलाई दुई सरकारबीचको सम्बन्धमा राखेर हेर्न मिल्दैन ।’

चीनले नेपालमा दोस्रो लहर आएपछि पनि सहयोग गर्दै आएको छ । यसबीचमा उसले ३५ सय अक्सिजन सिलिन्डर सहयोग गर्नुका साथै अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको छ । चीनको स्वशासित तिब्बत प्रदेशले नेपाललाई दिएको पछिल्लो सहयोगमा ३० हजार लिटर तरल अक्सिजन, अक्सिजनसहितको ८ सय सिलिन्डर, १० वटा कन्सन्ट्रेटर, ५ वटा भेन्टिलेटर, २ सयवटा आईसीयू बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको थियो ।

संवैधानिक राष्ट्रपति, कार्यकारी अनुरोध

कार्यकारी भूमिकामा नरहेकी संवैधानिक राष्ट्रप्रमुख भण्डारीले थालेको खोप कूटनीतिलाई राजनीतिक–वृत्तमा चासोपूर्वक हेरिएको छ । उनले भारतीय राष्ट्रपति कोविन्दलाई पठाएको पत्रमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भारतले गरेको सहयोगका निम्ति धन्यवाद पनि दिएकी छन् । उक्त पत्रमा भारतले नेपाललाई दिएको १० लाख खोप सहयोगबारे धन्यवाद दिइएको छ भने नेपालले खरिद गरेको थप २० लाख खोपमध्ये हालसम्म १० लाखमात्र प्राप्त भएकोमा घुमाउरो गुनासोसमेत उल्लेख गरिएको छ ।

सञ्चारविज्ञ ढकालले भारतले सहयोग गरेको र नेपालले खरिद गरेर आउन बाँकी रहेको लगायत सम्पूर्ण कुरालाई पत्रमा उल्लेख गरिएको प्रस्ट पारे । पूर्वराजदूत दिनेश भट्टराईले भारतका राष्ट्रपति कोविन्दलाई पत्र पठाइए पनि त्यसलाई उनले मोदी सरकारलाई नै ‘फरवार्ड’ गरिदिने प्रस्ट पारे । ‘संवैधानिक राष्ट्रपतिले केही पनि गर्न मिल्दैन । उहाँको काम पाएको पत्र सरकारलाई पठाइदिने मात्र हो,’ उनले भने ।

राष्ट्रपति भण्डारीले संकटका बेला खोप कूटनीति थाल्नुलाई सकारात्मकका रूपमा लिए पनि यो उनको कार्यक्षेत्रको विषय हो कि होइन भन्नेमा पनि चर्चा भइरहेको छ । परराष्ट्रविज्ञ भट्टराई भने मुलुकमा आवश्यकता पर्दा जसरी कुरा गरे पनि खोप आउँदा उचित हुने मान्छन् ।

‘कसले कोसँग संवाद गरे भन्ने कुरा होइन । अहिले महामारीको बेला छ, नेपाललाई खोप आवश्यक छ । जसले पहल गर्दा पनि हुन्छ,’ उनले भने, ‘तर हाम्रोजस्तो संसदीय प्रणाली भएको व्यवस्थामा प्रधानमन्त्रीले नै नेतृत्व लिएर काम गर्नुपर्ने थियो । किन राष्ट्रपतिलाई अघि सारियो थाहा छैन । यो केही असान्दर्भिक पक्कै देखिन्छ ।’

प्रथम राष्ट्रपति रामवरण यादवका तत्कालीन सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति भण्डारीको चीनका कार्यकारी राष्ट्रपति सीसँग भएको संवाद सामान्य रहे पनि भारततर्फ पठाएको पत्रलाई लिएर भने अरूको मनमा जस्तै आफ्नो मनमा पनि केही प्रश्न उठेको बताए ।

‘राष्ट्रपतिको गुडविल प्रयोग गरेरै भए पनि नेपाललाई आवश्यक पर्दा संकटका बेला सहयोग जुटाउने पहल गर्नु राम्रो कुरा हो । तर भारततर्फको सवालमा भने मुलुकको कार्यकारी प्रधानमन्त्री र भारततर्फको पनि कार्यकारी प्रधानमन्त्री हुँदाहुँदै दुवै संवैधानिक रूपमा मात्र रहेका राष्ट्रपतिले पत्र आदानप्रदान गर्नुले प्रश्न उठेको छ,’ दाहालले भने । उनले प्रधानमन्त्री ओलीको साख नभएकै कारणले गर्दा राष्ट्रपतिको गुडविललाई प्रयोग गर्न खोजिएको हो कि भन्ने प्रश्न पनि यो घटनाले अरूको मनमा जस्तै आफ्नो मनमा पनि उठाएको बताए ।

 

कमेन्ट गर्नुहोस्