गडान्स्क — भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा ११–१० ले हराएर बुधबार युरोपा लिग जितेको छ । भिल्लारियलले क्लब इतिहासमा जितेको यो पहिलो ठूलो उपाधि हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
टाइब्रेकरको निर्णायक र नाटकीय मोडमा म्यानचेस्टरका गोलरक्षक डेविड डेगोआ गोल गर्नबाट चुके । मैदानमा रहेका सबै १०–१० खेलाडीले गोल गरिसकेपछि टाइब्रेकरमा गोलरक्षकको प्रहार आवश्यक परेको हो ।
यस क्रममा सुरुआती २१ प्रहार गोलमा परिणत भएका थिए । यसअघि जेरार्ड मोरेनोले भिल्लारियललाई २९औं गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा एडिसन कभानीले बराबरी गोल फर्काए ।
उनाई एमरीको स्पेनी टिम विजयी रहेपछि म्यानचेस्टरको लगातार चार वर्षको उपाधिविहीन यात्रा कायम रह्यो । जितले भिल्लारियल भने अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट पनि भएको छ । एमरीले प्रशिक्षकका रूपमा युरोपा लिग जितेको यो चौथोपल्ट हो ।
कमेन्ट गर्नुहोस्