Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

काठमाडौं, जेठ १५ गते । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो ।

अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको थियो । ६ बजेर ५३ मिनेटमा सम्पन्न गर्नुभयो । उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहनुभएका बेला सरकारले पुर्ण आकारको बजेट ल्याएको हो ।

कमेन्ट गर्नुहोस्