पोर्टो — चेल्सीले शनिबार दोस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । उसले यसका लागि दुई इंग्लिस प्रिमियर लिग क्लबबीचको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले हरायो ।
चेल्सीले सिटीलाई हराएको यो लगातार तेस्रोपल्ट हो । फ्रायन्क लाम्पार्डको बर्खास्तीयता चेल्सीको व्यवस्थापन जिम्मा पाएका थोमस टुचेलले चेल्सीलाई सन् २०१२ यता पहिलो युरोपेली क्लब फुटबलको सर्वोच्च उपाधि दिलाएका हुन् ।
यसपल्ट चेल्सीको जितमा पहिलो हाफ सकिन तीन मिनेटअगाडि काइ हाभर्टेजले निर्णायक गोल गरे । यो हारपछि सिटीको च्याम्पियन्स लिग जित्ने सपना अधुरो रह्यो । व्यवस्थापक पेप ग्वार्डिओला सिटीलाई पहिलो पल्ट च्याम्पियन्स लिगको फाइनल पुर्याउन सफल रहे पनि निर्णायक मोडमा उनी फेरि एकपल्ट चुके ।
कमेन्ट गर्नुहोस्