काठमाडौं, जेठ १६ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गोप्य समारोहमा बैवाहिक बन्धनमा बाँधिनुभएको छ । उहाँ केरी सिमोन्ड्ससँग वेष्टमिन्स्टर केथेड्रलमा आयोजित एक गोप्य समारोहमा बैवाहिक बन्धनमा बाँधिनुभएको हो ।
बीबीसीका अनुसार बेलायतबाट प्रकाशन हुने बिभिन्न पत्रपत्रिकाले आफ्नो केही समीप्य तथा परिवारका सदस्यहरुको उपस्थितिमा शनिबार जोनसनको बिवाह सम्पन्न भएको उल्लेख गरेको छ । तर बेलायती प्रधानमन्त्रको कार्यालयले भने उक्त विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
रोजगार तथा निवृत्तभरण मन्त्री थेरेस कफीले ट्वीट गर्दै दुबैजना बैवाहिक बन्धमा बाँधिनुभएकोमा बधाई दिनुभएको छ । उत्तरी आयरल्याण्डका मन्त्री आर्लन फोस्टरले समेत बधाई दिनुभएको छ ।
द मेलले आफ्नो आइतबारको अङ्कमा छोटो सूचनमा बैवाहिक कार्यक्रममा ३० जना पाहुना आमन्त्रित गरिएको उल्लेख गरेको छ ।
सन् २०१९ मा नै ३३ वर्षीया सिमोन्ड्स र ५६ वर्षका बोरिस जोनसनबीचको सम्बन्ध चर्चामा आएको थियो । पछि दुबैजनाले सन् २०२० को फेब्रुअरीमा आफूहरु सम्बन्धमा रहेको जनाएको र सिमोन्ड्स गर्भवती रहेको जनाएको थियो । सिमोन्ड्सले गत् अप्रिलमा अल्फ्रेडलाई जन्म दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्