काठमाडौं, जेठ १९ गते । सिंगापुरमा श्रमजनशक्तिको अभाब भएको छ । कोरोना भाइरस महामारीले गर्दा सिंगापुरले भारतसहित दक्षिण एशियाली राष्ट्रबाट आगमनमा प्रतिबन्ध लगाएपछि त्यसको असर श्रम जनशक्तिमा परेको हो । सिंगापुरले कुल श्रम जनशक्तिको एक तिहाइ विदेशबाट पूर्ति गर्दै आएको छ ।
समाचार संस्था एएनआईका अनुसार सिंगापुरले दक्षिण एशियाली राष्ट्रबाट आगमनमा प्रतिबन्ध लगाउनु अघि नै अपनाएको कडा स्वास्थ्य मापदण्ड र हिंडडुलमा रोकले जनशक्ति स्वदेश फर्किन लागेका थिए । निकाइ एशियाका केन्टारो इवामोटोले भारत, बङ्गलादेश लगायतका राष्ट्रबाट सिंगापुरले सस्तोमा श्रम माँग पूर्ति गर्दै आएको बताउनुभयो । उहाँका अनुसार जनशक्ति अभाबले चाप बढ्दै जाँदा कामको गति एक वर्षले पछाडि धकेलिएको छ भने जनशक्तिको मूल्य समेत ३० प्रतिशतले बृद्धि भएको छ ।
सिंगापुरमा दक्षिण एशियाली राष्ट्रबाट गएका श्रमिकले जहाज, निर्माण तथा उत्पादन क्षेत्रमा काम गर्दै आएका छन् । सन् २०२० मा सिंगापुरमा कार्यरत विदेशी कामदारको संख्या १६ प्रतिशतले घटेको थियो । सरकारी तथ्याङ्क बमोजिम सिंगापुरमा तीन लाख ११ हजार विदेशी कामदार कार्यरत थिए ।
कमेन्ट गर्नुहोस्