Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

विश्वकप छनोटमा नेपालको चाइनिज ताईपेइमाथि २–० को जित

विश्वकप छनोटमा नेपालको चाइनिज ताईपेइमाथि २–० को जित

नेपालले विश्वकप फुटबल २०२२ को छनोट खेलमा चाइनिज ताईपेइलाई २–० ले हराएको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताईपेइमाथि २–० को जित हात पारेको हो । 
कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्दै जित हात पारेको हो । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै अञ्जनले गोल गर्दै नेपाललाई सुरुवाती १–० को अग्रता दिलाउनुभयो । नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टीको अबसर प्राप्त गरेको थियो । उक्त अबसरलाई अञ्जनले गोलमा परिणत गर्नुभयो । सन्तोष तामाङको फ्री किकमा चाइनिज ताईपेइका खेलाडीले हयाण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो । 
पहिलो हाफसम्म १–० को अग्रता बनाएको नेपालले ८० औं मिनेटमा गोलका लागि उपयुक्त अबसर पाएको थियो । मनिष डाँगीले एकल प्रयासमा बढाउनुभएको बल पोष्टको माथिबाट बाहिरिएको थियो । तर एक मिनेट नबित्दै नवयुगले गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । अञ्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रसलाई नवयुगले गोलको दिशा दिनुभयो । 
प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ६५ औं मिनेटमा सुनिल बललाई बिस्थापित गर्दै नवयुगलाई उतार्नुभएको थियो । नवयुगले मैदान प्रवेश गरेको १६ औं मिनेटमै गोल गर्नुभयो । 
जितसँगै समूह बी मा रहेको नेपाल चौथो स्थान रहने सुनिश्चित भएको छ । नेपालले छ खेलबाट दुईमा जित र चारमा हारर बेहोरेर छ अङ्क जोडेको छ । नेपालले आफ्नो दुबै जित चाइनिज ताईपेइ बिरुद्ध नै हात पारेको हो । 
समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट १२ अङ्क जोडेको छ । जोर्डन र कुवेत दुबैले पाँच पाँच खेलबाट समान १० अङ्क बटुलेर दोस्रो र तेस्रो स्थानमा छन् । 
नेपालले चाइनिज ताईपेइ बिरुद्धको खेलका लागि सुरुवाती एघारमा इराक बिरुद्धको मैत्रीपूर्ण खेलका दुई जना खेलाडी परिवर्तन गरेको थियो । मनिष डाँगी र नवयुग श्रेष्ठ पहिलो रोजाईमा परेनन । दुबैजनाको स्थानमा सुनिल बल र आशिष लामा पहिलो प्राथमिकतामा परे । 
नेपालले चाइनिज ताईपेइ बिरुद्ध ४–३–३ को रणनीति पछ्यायो । 
नेपालले छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा जोर्डनको सामना गर्नेछ । अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग स्पर्धा गर्नेछ । कुनै चमत्कार भएको अवस्थामा मात्रै विश्वकप फुटबल २०२२ का लागि नेपाल छनोट हुनेछ । नेपाल छनोट हुन कुवेत र जोर्डन दुबैले ११ अङ्कभन्दा कम जोड्नुपर्नेछ भने नेपालले बाँकीको दुबै खेलमा अष्ट्रेलिया र जोर्डनलाई हराउनुपर्नेछ । कुवेत र जोर्डन दुबैले तीन तीन खेल खेल्न बाँकी छ । आजै हुने अर्को खेलमा कुवेतले अष्ट्रेलियाको सामना गर्दैछ । यद्दपी नेपालको एशियाकप २०२३ का लागि छनोटको सम्भाबना अझै जिवितै छ ।

कमेन्ट गर्नुहोस्