काठमाडौं, जेष्ठ २१ गते । भारत, कतार र टर्किबाट नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाईन स्थल बनाइने भएको छ । जुन १ तारिक देखि भारत, कतार र टर्किबाट हवाई यात्रुहरु नेपाल आउन थालेपिछ सरकारले होटेलहरूलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयलका अनुसार क्वारेण्टाईनको लागि होटेलहरु रोज्ने कार्य पर्यटन विभागले गरेको हो । विभागले विमान्स्थल नजिकका सात वटा पाँचतारे होटल, सात वटा चार तारे होटल, ५१ वटा पर्यटक स्तरका र अन्य आठ वटा होटल तय गरेका छ । ति आठ होटलहरुमा एयपोर्ट होटेल र दुईवटा रिर्सोट पार्क भिलेज रिसोर्ट र ,गोकर्ण फरेस्ट रिसोर्टले अघिदेखि नै क्वारेण्टाईन सेवन दिँदैसेवा दिदै आएका थिए ।
सबै होटल र रिसोर्टका लागि सरकारले नै सबै मापदण्ड तय गरेको छ । “क्वारेण्टाईनको लागि कम्तीमा २० वटा कोठा भएको होटल रोजेका छौँ ” पर्यटन बिभागका महानिर्देशक रुद्रमान सिंह तामाङ्ले भन्नुभयो ।
यस्तै होटोलहमा खेल्न र शारीरिक व्यायाम गर्नको लागि खुल्ला ठाउँ हुनुपर्ने, जहाँ स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न होटलभित्र अलग्गै ढोका हुनुपर्ने व्यवस्था रहेको छ ।
यसैगरी होटेलले नै अलग्गै तरीकाले खाना र दैनिक खाने अन्य खानेकुरा पुर्याईदिनुपर्नेछ ।
सुत्ने क्षेत्र, भोजन क्षेत्र ,जिम, सौना, कोठा भित्र र बाहिर खेलिने खेलकुदहरु यी सबै होटल भित्र अनिवार्य रुपमा हुनुपर्नेछ । क्वारेण्टाईनमा बसेका मानिसका लागि स्वाब परीक्षण गर्नको लागी होटेलले नै अलग्गै ठाउँको व्यवस्था गर्दिनुपर्नेछ ।
सरकारले मलेसियाबाट आउनेलाई पाँच दिन र अन्य देशबाट आउनेलाई दश दिन क्वारेन्टाईन बस्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
कमेन्ट गर्नुहोस्