काठमाडौँ, जेठ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गर्नुभएको छ ।
प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउनुहुँदै उहाँले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्व वातावरण दिवस (जुन ५) का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्