पेरिस — सेरेना विलियम्सले शुक्रबार ड्यानिली कोलिन्सलाई सजिलै पराजित गरेर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छिन् । उनले कोलिन्सलाई ६–४ र ६–४ ले पराजित गरिन् ।
अब उनले कजाकिस्तानकी एलेना रेबकिनाको सामना गर्ने छिन् । ड्र को उनको आधा भागमा सेरेना नै उच्च वरीयताकी खेलाडी पनि भएका छिन् । कोलिन्सविरुद्ध ३९ वर्षीय अमेरिकी खेलाडी पूर्णत: हाबी रहिन् ।
यसअघि आरयेन बबालेन्का अनाटिसा पेभचेन्कोभाविरुद्धको खेलमा ६–४, २–६ र ६–० ले पराजित रहिन् । सेरेना कीर्तिमान २४ ग्रान्ड स्लाम जित्ने अभियानमा छिन्, तर सन् २०१६ यता चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
कमेन्ट गर्नुहोस्