Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने

दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने

काठमाडौं, जेठ २२ गते । नेपालमा सरकारी स्तरमा करिब ३२ लाख डोजसम्म खोप भण्डारण गर्ने क्षमता रहेको बताइएको छ । विश्वका अन्य देशको तुलनामा नेपालमा खोप भण्डारण गर्ने क्षमता राम्रो  छ ।
नेपालका विभिन्न क्षेत्रमा दशवटा खोप भण्डार सुविधा  छ । दुईवटा काठमाडौंसहित आठवटा राजधानी बाहिर  छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र टेकुमा एक एकवटा खोप भण्डारगृह रहेका छन् भने विराटनगर, बुटवल, नेपालगञ्ज सुर्खेत, धनगढी, हेटौंडा र पोखरामा छन् । 
ती दशवटै भण्डारणस्थलमा विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरे अनुसारको दुईदेखि आठ डिग्री तापक्रममा खोप राख्न सक्ने सुविधा रहेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसिस्ट वेदबहादुर थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो । 
काठमाडौंमा रहेका दुईवटा भण्डारमा १६ लाख डोज खोप भण्डारण गर्न सकिनेछ भने राजधानीबाहिरका आठवटा खोप भण्डारमा पनि थप १६ लाख मात्रा खोप सञ्चय गर्न सकिन्छ । 
फरक कम्पनीका खोपको बट्टाको आकार फरक हुने र कुनै ठूलो अकारका हुने र कुनै सानो आकार हुने भएका कारण खोपको भण्डारन क्षमतामा फरक पर्ने उहाँको भनाइ छ । 
उहाँले अस्ट्राजेनिकाले उपलब्ध गराएको खोपको बट्टा २.५ क्युविक सेन्टिमिटरको  छ भने चीनको केन्द्रीय सरकारले उपलब्ध गराएको खोप २९.८ क्युविक सेन्टिमिटर छ । 
चीनले दोस्रो चरणमा उपलब्ध गराएका खोपमध्ये झण्डै चार लाख डोज खोप विमानस्थलमा भण्डारण गरिएको छ ।
थापाले भन्नुभयो, ‘विगतमा त्यति अनुमान गर्न नसकेका कारण हामीले चाहे जति खोप सहज भण्डारण गर्न केही समस्या भयो । त्यसपछि हामीले खोपलाई केन्द्रमा मात्र भण्डारण गर्नुभन्दा बाहिर जिल्लाहरुमा पनि पठाउँदा धेरै खोप सञ्चय गर्न सहज हुने सोचेर सोही अनुसार चीनबाट ल्याइएका खोप जतिसक्दो चाँडो बाहिर पठाउन शुरु ग¥यौं ।’

 

कमेन्ट गर्नुहोस्