Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

१५ करोड पटक हेरियो कुटुमा कुटु

१५ करोड पटक हेरियो कुटुमा कुटु

काठमाडौं : पछिल्लो समय गीतसंगीत मापन युट्युबमार्फत हुँदै आएको छ। हरेक गीतले  प्राप्त गर्ने युट्युब भ्युजको आधारमा लोकप्रियता र सफलताको मापन गरिँदै आएको छ। दर्शक–श्र्रोताले रुचाएका गीतले छोटो समयमा करोडौं भ्युज पाउने गरेका छन्।

डिजिटल प्लेटफर्मको युट्युबमा सर्वाधिक भ्युज कमाउन सफल भएको छ, कुटुमा कुटु सुपारी दाना। सन् २०१७ मा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले दर्शकको भ्युजको रफ्तारलाई अहिले पनि छोडेको छैन। नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश यो गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ। युट्युबमा १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत पनि बनेको छ।

यो गीत अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन्। गीतको एरेन्जर राजन ईशानले गरेका छन्।

करिब ६ मिनेट लामो गीतमा चलचित्र दुई रुपैयाँकी नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन्। 

कमेन्ट गर्नुहोस्