Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

रिहानाको बोल्ड लुक्स

रिहानाको बोल्ड लुक्स

न्युयोर्क : हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्।  रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन्। पछिल्लो समय भने रिहाना फोटो सुटका कारण चर्चामा आएकी छन्। 

‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाइरहेको छ। उनले यसअघि पनि थुप्रै म्यागजिनका लागि कभर फोटो खिचाइसकेकी छन्। तर, यस पटक चर्चामा आउनुको मुख्य कारण कभर फोटोका लागि सबै काम रिहाना आफैंले गरेकी थिइन्। भोग इटालियाको जुन अंकको कभरको थिम ‘डु इट योयरसेल्फ’ छ। त्यही थिमका कारण पनि रिहाना आफैंले कभर फोटोको काम गरेको पत्रिकाका डाइरेक्टर इमानुयल फर्नेटीले बताए। उनले पहिलो पटक एक स्टार कलाकारले फोटो सुटको सबै व्यवस्थापन आफैंले गरेको बताए। उनले कभर फोटोको ‘पोज’देखि आवश्यक ड्रेसको व्यवस्था पनि रिहाना आफैंले गरेको बताए। ‘उनी हाम्रो म्यागजिनको कभरमा धेरै पटक छाइसकेकी छिन्। तर, यो रूपमा पहिलो पटक प्रस्तुत भएकी हुन्’, उनले भने, ‘रिहानाले पहिलो पटक सबै काम आफैंले गरिन्।’

फोटो सुटमा उनी अलगअलग रूपमा देखा परेकी छन्। उनले आफ्नो बोल्ड लुक्सका लागि रातो र कालो कपडा रोजेकी छन्। हरियो कपाल बनाएकी रिहानाले ज्याकेट, स्विटर र स्कार्फ लगाएर पनि फोटो सुट गरेकी छन्। सामाजिक सञ्जालमा पनि सक्रिय हुने रिहानाले ती फोटो स्टाग्राममा पनि सेयर गरेकी छन्। 

कमेन्ट गर्नुहोस्