Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

खेतबाट भकारीसम्म एकैसाथ

खेतबाट भकारीसम्म एकैसाथ

दमक, जेठ २३ गते । न धान काट्ने मान्छे खोज्नुप-यो, न त बाँध्न नै । धान सुकोस् भन्नु पनि परेन । त्यति मात्र होइन धान झार्न र पराल दाइँ गर्न पनि मानिस लगाइहनु परेन । खेतदेखि घरको भकारी तथा बिक्री गर्ने भएमा सीधै धान खरिदकर्तासम्म पु-याउन मेसिनको नै प्रयोग हुन थालेपछि झापाका किसान मक्ख पर्न थालेका छन् । 
गाउँमा नै धान काट्ने ठूलो मेसिन (कम्बाइन हार्वेस्टर) आएपछि किसानलाई न खेतलाको चिन्ता भएको छ न त धेरै समयको नै । एकैछिनमा बिघाभन्दा बढी जमिनको धान काटिने र थन्क्याउन सकिने भएपछि किसानहरू यसतर्फ आकर्षित देखिएका छन् । गौरादह–१, सीतापुरीका किसान पर्शुराम दहालले यस वर्ष करिब चार बिघामा लगाएको वर्षेधान कम्बाइन हार्वेस्टरबाट नै कटाउनुभएको छ । 
यसको प्रयोगले लागत खर्च धेरै नै कम भएको उहाँले बताउनुभयो । “निषेधाज्ञाका बेला जन खोज्दा धेरै मुस्किल हुन्थ्यो, मेसिनले एकैछिनमा धान काटियो र पराल पनि बन्यो,” उहाँले भन्नुभयो । पहिलाभन्दा हार्वेस्टर लगाएको खर्च भने धेरै भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष प्रतिघण्टा पाँच हजार थियो तर यो वर्ष छ हजार पाँच सय लाग्यो, उहाँले भन्नुभयो । 
अर्का किसान शान्तिराम निरौलाले हार्वेस्टर गाउँमा भित्रिएपछि धान काट्न र थन्क्याउन समस्या नरहेको बताउनुभयो । जति नै पैसा लिए पनि अरू विकल्प पनि त छैन, उहाँले भन्नुभयो । खेतका गरा ठूला एवं चक्लाबन्दी गरेको अवस्थामा कम समयमा नै धेरै धान काट्न सक्ने भए पनि गरा साना हुँदा केही बढी समय लाग्ने गरेको पाएको उहाँले जनाउनुभयो । गौरादह नगरपालिका–१ का वडाध्यक्ष एवं प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार वडा नं. १ मा मात्र पनि केही दिनयता तीन/चारवटा हार्वेस्टरले धमाधम धान काटिरहेको बताउनुभयो । आधुनिक मेसिनरीको प्रयोग र प्रविधिमैत्री खेती प्रणाली विकास हुँदै गएको उहाँले बताउनुभएको छ । 
प्रविधिको प्रयोगका लागि किसानलाई आकर्षित गर्न चक्लाबन्दी खेतीमा जोड दिएको उहाँले बताउनुभयो । चक्लाबन्दी खेती गर्दा धान रोप्दादेखि काट्दासम्म मेसिन प्रयोग गर्दा खर्च कम हुने र किसानलाई फाइदा पुग्ने उहाँले जनाउनुभयो । किसानहरूले कम्बाइन हार्वेस्टर तथा यस प्रकारका कृषिजन्य मेसिनरी औजार प्रयोग गर्दा लाग्ने शुल्क तोक्दा झनै राम्रो हुने पनि बताएका छन् । व्यावसायिक रूपमा ल्याइएका यस्ता मेसिनरी प्रयोग गर्दा लिइने मूल्यमा एकरूपता नभएको किसानको गुनासो रहँदै आएको छ । 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ झापाका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृतका अनुसार किसानका लागि यान्त्रीकरण निकै फाइदाजनक छ । परियोजनाअन्तर्गत किसान समूहलाई पाँचवटा कम्बाइन हार्वेस्टर प्रदान गरेको सुवेदीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्