Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

धूमपान गर्नेमा कोरोना सक्रमणको जोखिम बढी

धूमपान गर्नेमा कोरोना सक्रमणको जोखिम बढी

विश्वमा सूर्तिजन्य पदार्थबाटै वर्सेनि ७० लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । तर त्यसको नियन्त्रण गर्नेतर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
सूर्तिजन्य पदार्थको सेवनबाट मानिसलाई क्यान्सर, क्षयरोग, मुटुरोग लगायतका नसर्ने रोगहरु लागेर मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ भन्ने थाहा हुदाहुदै पनि सूर्तिजन्य पदार्थलाई त्याग्न नसक्दा वार्षिक ८० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको कारणबाट वार्षिक २७ हजार मानिसहरुको मृत्यु हुने गरेको छ । 
नेपालमा नसर्ने रोगको तथ्याङ्क ४० प्रतिशत हुँदा धुम्रपानबाटै २७ हजार नेपालीको वार्षिक रुपमा मृत्यु हुने गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा.राधिका थपलियाले सूर्तिजन्य पदार्थ सम्बन्धि ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके त्यसबाट हुने हानीलाई घटाउन सकिने बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, मुटू रोग लगायतको समस्या निम्तिनका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी रहेको बताउनुभयो । निर्देशक थपलियाले सूर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिव ५५ जना र प्रति घण्टा तीनजना नेपालीको मृत्यु हुने गरेको बताउनुभयो । विश्वमा सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको संख्या एक अर्ब ५० करोडभन्दा बढी भएको अनुमान छ । 
सूर्ति नियन्त्रण अभियन्ता तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागू भएपनि कार्यान्वयनको पक्ष फितलो रहेको बताउनुभयो । उहाँले नेपालमा कानुन कडा तर कानुनको पालना नभएको भन्दै अन्य देशमा भने कानुनको कडाइकासाथ पालना हुने गरेको बताउनुभयो । २०७१ सालमा सूर्तिजन्य पदार्थमा नेपालले उत्कृष्ट कानुन बनाए बापत एक करोड रुपैयाको ग्लोबल टोबाको कन्ट्रोल अवार्ड समेत हाल पारेको थियो । बमले नेपालमा राजस्व कार्यालयले कडाइ गर्ने वित्तिकै सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन कार्यान्वयन हुने भन्दै राजस्व , उद्योग लगायका सरकारी निकायका कारण नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । 
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइले सूर्तिजन्य पदार्थको कारणले नसर्ने रोग बढाइरहेको बताउनुभयो । उहाँले धुम्रपान विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाँही चुरोट सेवन गर्ने मानिसलाई पनि ह्दयघातको समस्या हुने जानकारी दिनुभयो । 
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेण्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहेमा सन २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ । 
नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्दछन भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेहरुमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ । सूर्तिजन्य नियन्त्रण अभियानमा काम गर्दै आएको सस्था एक्सन नेपालका प्रमुख आनन्दबहादुर चन्दले नेपालमा सूर्तिजन्य पदार्थमा चालिएका अभियानहरु सकारात्मक भएपनि कार्यान्जयन नहुदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थ सम्बन्धि ऐनहरु प्रभावकारी रहेको भन्दै कार्यान्वयन पक्ष कमजोर रहेको जानकारी दिनुभयो । चन्दले विदेशी कम्पनीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक सन्देश राख्ने नियम पालना गरे तापनि नेपाली उद्योगहरुले भने अटेर गरीरहेको जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्क अनुसार एक प्रतिशत मात्र सुर्तीजन्य पदाथको सेवनमा कमी आएको छ । केही वर्ष नेपालमा ३० प्रतिशत (५१.९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेकोमा अहिले आएर २८.९ प्रतिशत ( ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला) पुगेको छ । पहिलो पटक धुम्रपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ । ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने उल्लेख छ । तर अहिले पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा “कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन” भन्ने उल्लेख गरिएको छ । तर अहिले पनि निर्वाध रुपमा जो कोहीले पनि सजिलै चुरोट किन्ने गरेको पाइएको छ । सोही दफाको उपदफा ३ मा “कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन,” र उपदफा ४ मा पनि “कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,” उल्लेख गरिएको छ । तर यस विपरीत मानिसहरुलेसुर्तीजन्य पदार्थको बिक्री विवरण गरिएको पाइएको छ । नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा विडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले सुर्तीजन्य पदार्थसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा नियन्त्रणमा समस्या परेको बताउनुहुन्छ । मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले चुरोटले फोक्सो खराब गर्छ भन्ने जुन बुझाइ छ त्यो गलत रहेको बताउदै चुरोट प्रयोग गर्नेहरुमा मष्तिष्कघात र हृदयघातको समस्या बढिरहेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । यद्यपी कोभिडको डरले अहिले धेरैले धुमपान छोडेको पाइएको उहाँले बताउनुभयो । ‘मैले बिरामीसँग सोध्ने गरेको छु । चुरोट खानेलाई कोभिड भयो भने खतरा धेरै हुने थाहा पाएर उहाँहरुले चुरोट छोडेको पाएको छु । 
कोभिड, चुरोटको लत छोडे अवसर पनि हो उहाँले थप्नुभयो, जनचेतनाका कार्यक्रममा केन्द्रित हुन जरुरी छ । ’अहिले कोरोना भाइरस रोगको महामारीमा विश्व छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सूर्तिजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी कोरोनाको उच्च जोखिममा रहेकाले सचेत हुन सुरुदेखि नै आग्रह गर्दै आइरहेको छ । धुमपानले विभिन्न किसिमका राग उत्पन्न गराउने र रोग प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले धुमपानबाट टाढा रहनुपर्ने डब्ल्यूएचओको सुझाव छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार सूर्तिजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, मिर्गाैला कमजोर हुने भएकाले उनीहरुलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालिमा असर पुगिसकेको हुन्छ र यस्तो अवस्थाका मानिसलाई कोरोनाको संक्रमण भएमा झनै गाह्रो बनाउँछ र संक्रमितको मृत्युसमेत हुने जोखिम उच्च रहन्छ । 
सूर्तिजन्य पदार्थको लतबाट आफूलाई टाढा राख्नुपर्छ र यसलाई सजिलै त्याग्न पनि सकिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । 
यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । किताब पढ्ने, टिभी हेर्ने लगायतका क्रियाकलापमा आफुलाई व्यस्त राख्नुपर्दछ । 
सरोकारवालाहरुले सूर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रलोभनमा पर्दा सूर्ति जन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन हुन नसकेको बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सूर्ति जन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सूर्ति जन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाए उत्पादन र प्रयोगमा कमी आउने बताउनुभयो । कर बढाउँदा राज्यको बिना लगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिने सरल उपाय हुँदाहुँदै पनि कर बढाउनेतर्फ राज्यले किन नसोचेको भन्ने प्रश्न उहाँले गर्नुभयो । एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सूर्ति उद्योगहरुले सामाजिक उत्तरादायित्व तथा चन्दाका नाममा उच्च तहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पतालहरुलाई चन्दा लगायतका कुनै पनि बहानामा आर्थिक सहयोग गर्ने र त्यो सहयोग लिनेगर्दा नीति नियम कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्