Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

विश्वकप छनोटमा नेपालमाथि जोर्डनको सहज जित

विश्वकप छनोटमा नेपालमाथि जोर्डनको सहज जित

नेपाली टिम विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा जोर्डनविरूद्ध फेरि ३–० ले हार्‍यो । यसले एसियन कप छनोटमा नेपाललाई सिधै तेस्रो चरणमा पुग्न गाह्रो भएको छ ।

विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डनले नेपालमाथि सहज जित हात पारेको छ । कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको हो । जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले छ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो । जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।
कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भब बनायो ।
पहिलो हाफको सुरु देखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो । डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र सुलेमानलाई लडाउन पुग्दा जोर्डनले पेनाल्टीको अबसर पायो । बाहा फैसल सेफले पेनाल्टीलाई गोलमा परिणत गरेर जोर्डनलाई १–० को अग्रता दिलाउनुभयो । गोलकिपर किरण चेम्जोङले पेनाल्टी प्रहार रोक्न दायाँ तिर ‘डाइभ’ लगाउँदा बल गोलपोष्ट चुमिसकेको थियो । बाहा फैसलले जोर्डनका लागि आफ्नो २८ औं खेलमा ११ गोल पुरा गर्नुभयो ।
खेलको २९ औं मिनेटमा डिफेन्डर बिकास खवास घाईते भएर मैदानबाट बाहिरिँदा सुनिल बल मैदानमा प्रबेश गर्नुभयो । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपालले गोल गर्ने अबसरबाट बञ्चित हुन पुग्यो ।
पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लियो । ६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३–० पार्नुभयो । उक्त गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।
नेपालले छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । उक्त खेलपछि कुवेत र जोर्डनबीच स्पर्धा हुनेछ । कुवेत र जोर्डनबीचको उक्त खेल विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ ।

 

कमेन्ट गर्नुहोस्