Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै

कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै

काठमाडौँ, जेठ २५ गते । कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ओरालो लाग्न थालेको छ तर अझै जोखिम भने कम भइनसकेको अधिकारीहरूको भनाइ छ । मुलुकका ७५ जिल्लामा जारी निषेधाज्ञासँगै सरसफाइ, सचेतना, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन र आवश्यक सतर्कताका कारण सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । देशभर दैनिक नौ हजारको हाराहारीसम्म पुगेको सङ्क्रमण अहिले तीन हजारको हाराहारीमा छ ।
गृह मन्त्रालयले कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गए पनि जोखिम भने यथावत् रहेको स्पष्ट पारेको छ । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा कोरोना सङ्क्रमण फैलिन थालेको छ । ती बस्तीमा पीसीआर परीक्षण पनि कम हुने गरेको पाइएको छ । 
कोरोना सङ्क्रमणको ‘हब’ मानिएको काठमाडौँ उपत्यकालगायत बाँके, सुर्खेत, कैलाली, पर्सा र कास्की जिल्लामा सङ्क्रमण दर केही घटेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सङ्क्रमण दर घटे पनि कोरोना महामारीको जोखिम टरिनसकेको बताउनुभयो । 
“सुरुसुरुमा बाँकेमा सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारसम्म पुग्थ्यो, मृत्यु दैनिक १८ देखि २० जनासम्म रह्यो”, उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा केही घटे पनि जोखिम यथावत् छ । छ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । डेढ सयको पीसीआर गर्दा ९० जनामा सङ्क्रमण देखिने गरेको छ ।” 
वैशाख १३ गते पहिलो पटक बाँकेमा र दोस्रो दिन १४ गते सुर्खेत जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकाले पनि जिल्लाभित्रको भन्दा बाहिरबाट उपचार गर्न आउनेको सङ्ख्या धेरै छ । यी जिल्लामा पनि सङ्क्रमण दर घटेको छ । सहरबजारको तुलनामा ग्रामीण क्षेत्रमा सङ्क्रमणको जोखिम बढेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । विशेष गरी बाक्लो बस्तीसँगै स्वास्थ्य सरसफाइ र मापदण्ड पालना नहुने भएकाले ग्रामीण क्षेत्रमा जोखिम बढ्ने सम्भावना छ । 
उहाँका अनुसार सुर्खेतमा दैनिक आठ सयदेखि एक हजारमा कोरोना सङ्क्रमण देखिन्थ्यो । मृत्यु सङ्ख्या दैनिक १० सम्म पुग्यो । हाल सङ्क्रमितको सङ्ख्या दैनिक एक सयको हाराहारीमा छ । द्दयो सङ्ख्या पीसीआर परीक्षणको ५० प्रतिशत हो । 
सहरी क्षेत्रभन्दा ग्रामीण बस्तीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय सचेत नागरिक र गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिँदै आएको छ । त्यस्तै काठमाडौँ जिल्लामा पनि सङ्क्रमण दर दैनिक नौ सयको हाराहारीमा झरेको छ । कास्की, ललितपुर, पर्सा, चितवन, रुपन्देहीमा दैनिक एक सयदेखि ३५० जनासम्म सङ्क्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
सो मन्त्रालयका अनुसार बागमती प्रदेशमा कोरोनाको उच्च जोखिम यथावत् छ । लुम्बिनी, प्रदेश १, गण्डकी, सुदूरपश्चिम, कर्णाली, प्रदेश २ मा पनि जोखिम अपेक्षित रूपमा घटेको छैन । निको हुनेको दर ८४ प्रतिशतको हाराहारीमा पुगेको छ । पीसीआर तथा एन्टिजेन परीक्षणको तुलनामा १५.१७ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ । 
दोस्रो लहरका कारण प्रभावित जिल्लामा जारी निषेधाज्ञासँगै सामाजिक सुरक्षासम्बन्धी मापदण्डको सफल कार्यान्वयन, सरसफाइ–जनचेतना र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको अथक प्रयासबाट केही नियन्त्रणमा आएको भनाइ सरकारी अधिकारीको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको जोखिम सहरदेखि गाउँसम्म रहेको बताउनुभयो । यसको नियन्त्रणका लागि सरकारले हर प्रयास जारी राखेकाले असारको दोस्रो हप्तासम्ममा केही सुधार आउने अपेक्षा गरिएको छ । 
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अनुभवमा कोरोनाविरुद्धको खोप लगाएका सङ्क्रमितमा स्वास्थ्य खतरा, पीडा र क्षति कम देखिएको छ । 
 

कमेन्ट गर्नुहोस्