Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

वस्तु विनिमय कारोबार सुरू गर्न निर्देशन

वस्तु विनिमय कारोबार सुरू गर्न निर्देशन

ललितपुर, जेठ २६ गते । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समयमा नेपालको पुँजी बजारमा लगानीकर्ताको सङ्ख्या र लगानी बढ्नुलाई वर्तमान सरकारप्रतिको विश्वास बढेको रूपमा लिन सकिने बताउनुभएको छ । 
नेपाल धितोपत्र बोर्डको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई अभौतिक माध्यममार्फत सम्बोधन गर्दै उहाँले लगानीकर्ताको संरक्षण र हितका लागि पुँजी बजारको नियामक निकायका रूपमा धितोपत्र बोर्डको भूमिका अझ सशक्त र प्रभावकारी बनाएर अगाडि बढाउन पनि सुझाउनुभयो । 
अर्थमन्त्री पौडेलले आगामी आव २०७८÷७९ को बजेटमा पुँजी बजारका सम्बन्धमा उल्लेख भएका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने पनि गृहकार्य सुरु गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “बजेटको कार्यक्रममा उल्लेख भएअनुसारको वस्तु विनिमयको कारोबारलाई सुरु गर्न गृहकार्य गर्नुहोस् । ” 
उहाँले पुँजी बजारलाई विश्वसनीय बनाइराख्न जरुरी भएकाले यसमा कुनै पनि नकारात्मक प्रभाव पर्ने क्रियाकलाप रोक्न पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । 
त्यस अवसरमा उहाँले बोर्डले तयार पारेको आर्थिक लेखको सँगालो पनि विमोचन गर्नुभयो । 
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले विगत १० महिनामा भएको प्रगति विवरण प्रस्तुुत गर्नुभयो । उहाँले धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढेको बताउनुभयो । 
उहाँका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या शतप्रतिशत वृद्धि बढेर ३५ लाखभन्दा बढी भएको, मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणा बढेर २६ लाख पुगेको छ । त्यस्तै धितोपत्रको प्रारम्भिक निष्कासनमा १८ लाखसम्मले निवेदन दिने गरेको, दोस्रो बजार कारोबारका लागि युजर आईडी र पासवर्ड लिनेको सङ्ख्या छ लाख ६० हजारभन्दा बढी पुगेको उहाँको भनाइ थियो । 
बजारमा पुँजी परिचालन ७८ अर्ब रुपियाँसम्म हुने गरेको तथ्याङ्क ढुङ्गानाले प्रस्तुत गर्नुभयो । उहाँले विगतमा धितोेपत्र बजारले वार्षिक एक अर्बको राजस्व तिर्दै आएकामा अहिले मासिक एक अर्बभन्दा बढीको राजस्व तिर्न सकेको जानकारी दिनुभयो । 
सो अवसरमा बोर्डले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार आर्थिक पत्रकार सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै धितोपत्र बजारसम्बन्धी शोधकर्ता जोसबहादुर गुरुङ, नरेश सिंखडा र सरिना राईलाई पनि पुरस्कृत गरिएको बोर्डका उपनिर्देशक नवराज अधिकारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्