काठमाडौं, जेठ २६ गते । प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा आज पेसी तोकिएको छ । न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै भएन ।
आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचीमा समावेश गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन । उहाँहरूले आजै इजलासमा नै आफ्नो निर्णय सुनाउनु हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्