Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए

न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए

काठमाडौं, जेठ २७ गते । न्युजिल्याण्ड क्रिकेट टोलिका कप्तान केन विलियम्सन इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिनुभएको छ । दुई टेष्ट खेल अन्तगर्तको श्रृखंलाको पहिलो टेष्ट बराबरीमा सम्पन्न भएको थियो । 
कप्तान विलियम्सनले देब्रे कुहिनामा आएको चोटको समस्याले गर्दा दोस्रो तथा अन्तिम टेष्ट नखेल्ने हुनुभएको हो । ३० वर्षीय विलियम्सनले गत् मार्च महिनामा उक्त चोटकै कारणले बङ्गलादेश बिरुद्धको एकदिबसीय श्रृखंलामा समेत अनुपस्थित हुनुपरेको थियो । विलियम्सनको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान टम लाथमले न्युजिल्याण्ड क्रिकेट टोलिको नेतृत्व गर्नुहुनेछ । 
विलियम्सनको स्थानमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने विल योङ्गले टोलिमा स्थान बनाउने अनुमान गरिएको छ । बिहीबारबाट सुरु हुने दोस्रो टेष्ट खेलमा तीब्र गतिका बलर ट्रेन्ट बौल्ट समेत पुनरागमन गर्ने बताइएको छ । तर प्रशिक्षक गेरी स्टिडले भने शुक्रबार मात्रै इंग्ल्याण्ड आउनुभएका बौल्टलाई तात्काल आराम दिइने बताउनुभएको छ । 

 

कमेन्ट गर्नुहोस्