Sunday, June 13 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

बाँकेमा २५ करोडमा बनेको देशकै ठूलो शीतभण्डार सञ्चालनमा आयो

बाँकेमा २५ करोडमा बनेको देशकै ठूलो शीतभण्डार सञ्चालनमा आयो

नेपालगञ्ज, जेठ २७ गते । निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा आएको हो ।
शीत भण्डार सञ्चालनमा आएलगत्तै ६० प्रतिशत जति भण्डारण उपयोगमा आइसकेको नेपालगञ्ज कोण्ड स्टोरेज एण्ड वेयर हाउजिङका अध्यक्ष सन्जय कुमार जैनले बताउनुभयो । 
अध्यक्ष जैनका अनुसार, निर्माण सम्पन्न भएर पनि केही समय कोरोना संक्रमणले सञ्चालन गर्न नसकिएपनि व्यवसायीहरुको दवाव र माग अनुसार हाल आएर सञ्चालनमा ल्याइएको हो । 
फलफुल, तरकारी, जडिबुटी, बिउविजन, खाद्यान्न लगायतका भण्डारणका लागि निकै उपयोगी शीत भण्डार सञ्चालनको छोटो समयमैं ६० प्रतिशत उपयोग भइसकेको अध्यक्ष जैनको भनाइ छ । 
उहाँले सो शीत भण्डारमा बाँके बर्दियामात्रै नभई धनगढी, टीकापुर र सुर्खेतसम्मका व्यवसायी तथा किसानले आफ्ना सामाग्रीहरु भण्डारण गरिरहनु भएको बताउनुभयो । 
नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मो. याकुब अन्सारीले उच्च क्षमता र सुविधा सम्पन्न शीत भण्डार सञ्चालनमा आएपछि जडिबुटी व्यवसायीहरुका लागि निकै खुशीको कुरा भएको बताउनुभयो । 
उहाँका अनुसार खासगरि, उचित भण्डारण अभावले जडिबुटी नष्ट हुने अवस्थामा पुग्दा व्यवसायीहरु निकै मर्कामा पर्दै आएका थिए । यसलाई व्यवसायीले आफ्नो हित र व्यवसायिक फाइदाका लागि उपयोग गर्ने उहाँले जनाउनुभयो । 
जडिबुटी व्यवसायीहरुले लामो समयदेखि भण्डारणका लागि सरकारसँग माग पनि गर्दै आएका थिए । सो शीत भण्डारमा जडिबुटी भण्डारण गर्नुभएका अगुवा व्यवसायी टंक प्रसाद शर्माले शीत भण्डार सञ्चालनमा आउनु व्यवसायीका लागि निकै खुशीको कुरा भएको बताउनुभयो । 
फलफुल तरकारी भण्डार गरिरहेका स्थानीय व्यवसायी नूर मोहम्मद खाँले शीत भण्डारमा ड्राइफुडदेखि आलु स्टक गरेको जानकारी दिदैँ आफूले आलु २० हजार बोरा र स्याउ १५ हजार कार्टुन भण्डारण गरेको बताउनुभयो ।
सो शीतभण्डारमा हाल आलु, सुन्तला, स्याउ, अङ्गुर, जडीबुटी राखिएको छ । बीउविजन कम्पनीले बीउ भण्डारण गरिरहेको छ । 
कोरोनाका कारण अझै पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उक्त शीत भण्डारलाई सरकारले प्रोत्साहनको नीति बनाएर सहयोग गर्नुपर्ने अधिकांश व्यवसायीहरुको माग छ ।

 

कमेन्ट गर्नुहोस्