Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

भारतमा कोरोनाले चौबीस घण्टामा हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी

भारतमा कोरोनाले चौबीस घण्टामा हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी

काठमाडौं, जेठ २७ गते । भारतमा कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार १४८ सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा ९४ हजार ५२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ८३ हजार १२१ पुगेको छ । चौबीस घण्टामा एक लाख ५१ ह्जार ३६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ७६ लाख ५५ हजार ४९३ सङ्क्रमित निको भएका छन् । 
हाल भारतमा ११ लाख ६७ हजार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्