Saturday, June 12 2021
ट्रेन्डिङ कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’ गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा बढ्यो बजेटको आकार: आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत अब अनलाइन नवीकरण गर्नु नपर्ने नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, विश्वासकाे मत पाउनुभएन

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, विश्वासकाे मत पाउनुभएन

कास्की, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावममा २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनुभएको छ ।

यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गर्नुभए पनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति हुनुभयो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुभएकाे हो ।

कमेन्ट गर्नुहोस्