काठमाडौं, जेठ २९ गते । नेपाली काँग्रेसका बाग्मती प्रदेशसभाको सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ ।
शनिबार काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आवश्यकताभन्दा बढी स्वतन्त्रताको उपयोग गरेको आफूलाई महसुस भएको बताउनुहुदै प्रधानमन्त्री लक्षित उक्त अभिव्यक्ति फिर्ता लिएको र प्रदेशसभाको रेकर्डबाट हटाउन बाग्मती प्रदेशसभाका सभामुख सानुकृमार श्रेष्ठ समक्ष अनुरोध गर्नुभएको थियो । उहाँले आफूले संविधानको धारा १८७ मूताबिक पूर्ण वाक स्वतन्त्रता र संसदमा बोलेको कुरामा कुनै मुद्दा र उजुरबाजुर नलाग्ने भएको व्यवस्था मूताबिक दिल खोलेरर आफूले अभिव्यक्त गरिएको कुरा आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भन्दै आत्मआलोचना गर्नुभएको थियो । वैद्यले नेपाली काँग्रेस संसदीय दलबाट पनि यस अभिव्यक्ति फिर्ता लिन भएको निर्देशन मूताबिक पनि उक्त अभिव्यक्ति फिर्ता लिइएको बताउनुभएको छ ।
यसपछि बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठद्धारा प्रदेशसभा नियमावली २०७४ को नियम २३ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्य वैद्यले आफूले बोलेको कुरा फिर्ता लिने व्यवस्था बमोजिम वैद्यको उक्त विवादास्पद अभिव्यक्ति प्रदेशसभा संसदको रेकर्डबाट हटाइएको हो ।
कमेन्ट गर्नुहोस्