काठमाडौं, जेठ ३० गते । बारबरा केसीकोभा फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो ।
रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसीकोभाले उपाधि हात पार्नुभयो । वरीयताविहीन २५ वर्षीया केसीकोभाले ग्रान्ड स्लामको उपाधि जाना नोभोत्नालाई समर्पित गर्नुभयो । ४९ वर्षीया नोभोत्ना केसीकोभाकी मेन्टनर हुनुहुन्थयो । उहाँको मृत्यु सन् २०१७ मा क्यान्सरले भएको थियो ।
कमेन्ट गर्नुहोस्