सल्यान, असार १ गते । सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदिको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन ।
बाढीले खेत बगाउनुका साथै किसानका बंगुर फर्म समेत पुरेको छ । अविरल वर्षापछि आएको बाढीले २० घरको खेत बगरमा परिणत भएको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले रोपेको र रोप्न तयार भएको र व्याड समेत बगाएको छ ।
खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पुरै नष्ट गरेको स्थानीय हरि वलीले जानकारी दिनुभयो । उहाका अनुसार वाढीले खेतमा लगाएको अन्न पुरिदिएको छ । खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
झिम्पे खोला आसपासका पनि बाढीले खेत बगाएको छ । खोला आसपासका धान रोपाईका लागि तयारी अवस्थामा रहेका खेत र ब्याड वगाएको कमानसिहं कंवरले वताउनुभयो । खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
कमेन्ट गर्नुहोस्