काठमाडौं, असार १ गते । कोभिड संक्रमण भएर निको भएकाहरुमा छाति सम्बन्धी दुई तीन पोष्ट कोभिड इन्फेक्स (संक्रमण) को जोखिम हुन सक्ने ह्याम्स अस्पतालमा कार्यरत छाती रोग बिशेषज्ञ डा.राजु पंगेनीले बताउनुभएको छ । एउटा कोभिड भएर खासै लक्षण नदेखिएको, अर्को लक्षण देखिएको तथा अस्पतालमै भर्ना भएर अक्सिजन नै चढाउनु परेको र तेस्रो आईसियू मै राखेर उच्च मात्रामा अक्सिजन चाहिँने अथवा भेन्टिलेटर मै राख्नुपरेर रिकभर भएका बिरामीहरुमा पोष्ट कोभिड सिन्ड्रोमहरु फरक फरक किसिमको देखिएको उहाँले बताउनुभयो ।
पहिलो अवस्थाको बिरामी जो विना लक्षण निको भए उनीहरुलाई पछि छातीको समस्या धेरै नहुने तर केहीलाई भने डरको कारणले मांसपेशीहरु दुख्ने (एन्जाईटि नेरोसेल्स ) हुनसक्ने उहाँले बताउनुभयो । विशेष गरी अस्पतालमै भर्ना नै गरेर उपाचार गर्नुपर्ने खालका व्यक्तिहरुमा पोष्ट कोभिडको जोखिम बढी रहेको गोरखापत्रसँगको कुराकानीमा डा.पंगेनी बताउनुहुन्छ ।
उहाँले थप्नुभयो “बिशेषगरी स्वास्थ्यसँग सम्बन्धित समस्याहरु भनेको कोभिड भईसकेपछि फोक्सोमा निमोनिया भएर विस्तारै निको हुने क्रममा फोक्सोमा दागहरु देखिन्छ जसलाई हामी फाईब्रोसेल्स भन्छौँ । यसमा फोक्सोले जति गर्नुपर्ने काम हो त्यो राम्रो गर्न नसक्ने हुनाले बिरामी हिड्दा सास फेर्न गाह्रो हुने ,अक्सिजनको मात्रा कम हुने, थोरै हिड्यो भने मात्र पनि छाती भारी हुने ,खोकि लाग्ने र कसैकसैलाई निमोनिया पनि हुन सक्छ ।”
यि सबै समस्याहरु एकै व्यक्तिलाई मात्र देखिने नभै कुनै न कुनै असर धेरै विरामीरुलाई देखिन सक्ने उहाँको दावि छ ।
“कोभिडमा हामीले जुन किसिमको निमोनियाँ भन्ने गर्छौँ त्यो चाहिँ भाईरसको निमोनियाँ हो, यो भाईरल निमोनियाँ हो । यसलाई कोभिड निमोनियाँ भन्दा पनि हुन्छ । फोक्सोमा दाग हुने बित्तिकै निमोनियाँ भयो भन्ने सोच्नु गलत हो , यो फोक्सोको मात्र निमोनियाँ हो वा भनौँ भाईरल निमोनिया हो । ”
जो दम, मधुमेहजस्ता दीर्घ रोगबाट ग्रसित छन् उनिहरुलाई कोभिड लाग्यो भने कोरोनाले फोक्सोमा असर पारी रोगसँग लड्न सक्ने क्षमता कमजोर बनाउँदै जाने र निमोनियाँ नै हुने सम्भावना भएकाले यस्ता रोगीहरुले बिशेष ख्याल गर्नुपर्ने उहाँको तर्क छ । रोगसँग लड्ने क्षमता भएकाहरुमा भाईरल निमोनियाँ नै हुने उहाँ बताउनुहुन्छ ।
कोभिडका बिरामीहरुमा प्रयोग हुने स्टोरोईड नामक औषधिले रोगसँग लड्ने क्षमता घटाउनुका साथै मधुमेहको मात्रा बढ्ने भएकाले आईसियूमा बसेका बिरामीहरुमा निमोनियाँको बढि जोखिम हुने उहाँको दावी छ ।
“कोरोना भाईरस हाम्रो शरीर भित्र प्रवेश गरीसकेपछि भाईरसको संख्यामा अत्याधिक वृद्धि हँुदै जान्छ । पहिलो हप्तामा पीसीआर परीक्षण गराउँदा पोजेटिभ आउने सम्भावना बढि हुन्छ तर दोस्रो हप्तामा कोरोनाको संख्यामा बिस्तारै कमी हुदै जान्छ यसकारण सामान्य किसिमका बिरामीहरुमा आठदेखि १० दिन भित्रमा भाईरसहरु मरिसक्ने हुनाले १० दिन पछि अरुलाई पनि सर्दैन र १० दिन पछिको पिसिआरले कुनै अर्थ राख्दैन ।”डा.पंगेनीले भन्नुभयो ।
होम आईसोलेसनमा बसेकाहरुमा फोक्सोमा कही भई रहेको छ भन्ने जानकारी नहुने हुनाले केहि वास्था नै नहुने भएकाले यदि दोस्रो हप्तादेखि बिरामीहलाई स्वास प्रश्वासमा समस्या हुन सुरु भए अस्पतालमै जान उहाँ सुझाउनुहुन्छ ।
कमेन्ट गर्नुहोस्