काठमाडौं, असार ४ गते । केभिड डे ब्रुनले निर्णायक गोल गरेपछि बेल्जियमले डेनमार्कलाई हराएर यूरो कप फुटबल २०२० को अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । बेल्जियमले डेनमार्कमाथि २–१ को जित हात पार्यो ।
डेनमार्कका डिफेन्डर क्रिश्चियन एरिकसन फिनल्याण्ड बिरुद्धको खेलमा ढलेर अस्पताल भर्ना हुनुभएको छ । एरिकसनको सम्मानसहित मैदानमा उत्रेको डेनमार्कले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियममाथि १–० को अग्रता बनायो । युसूफ पौलसनले आयोजक डेनमार्कलाई एक मिनेट ३९ सेकेण्ड मात्रै बित्दा गोल गरेर अग्रता दिलानुभयो । तर उक्त अग्रता पहिलो हाफसम्म मात्र टिक्न सक्यो ।
५४ औं मिनेटमा रोमेलु लुकाकुको पासलाई डे ब्रुनले थोर्गन हजार्डसम्म पुर्याउँदा हजार्डले कुनै गलती गर्नुभएन । र बेल्जियमलाई १–१ को बराबरीमा ल्याउनुभयो । खेल सकिन मात्र २० मिनेट बाँकी छँदा रोमेलु लुकाकुको पासलाई डे ब्रुनले गोलको दिशा दिनुभयो । मार्टिन ब्रैथवेटले गर्नुभएको हेडर बारको माथिबाट उछिट्टिन पुग्दा डेनमार्क अग्रता लिनबाट चुक्यो ।
जितसँगै बेल्जियम समूह बी को शीर्ष स्थानमा उक्लेको छ । डेनमार्क भने अङ्कतालिकाको पूछारमा छ ।
कमेन्ट गर्नुहोस्