काठमाडौं : सात वर्षीय बालिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार शिक्षाको स्वरमा गीतको किड्स भर्जन सार्वजनिक भएको हो।
पाँचथकी शिक्षाको यो पहिलो गीत हो। रिमा स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन मनोज खड्काले गरेका छन्। श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको गीतका मुल गायक लक्ष्मी सृजन बजगाई हुन्।
शिक्षाले गाएको गीतलाई संगीतकार नारायण रायमाझीले सार्वजनिक गरेका हुन्। जीवन धमलाको शब्द, नारायण रायमाझीको संगीत रहेको यो गीतको किड्स भर्जन शुक्रबार सार्वजनिक भएको हो। गीत सार्वजनिक गर्दै संगीतकार रायमाझीले शिक्षालाई संसारको माया लिएर ठूलो कलाकार बन्नु भन्दै शुभकामना दिएका छन्।
कमेन्ट गर्नुहोस्